नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको  एकीकृत कारोबार सुरु

काठमाडाैं | पुस २८, २०७९

नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको  एकीकृत कारोबार सुरु

काठमाडौँ:  नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले औपचारिक रूपमा एकीकृत कारोबार सुरु गरेका छ । नेपाल इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्क आपसमा गाभिएर बनेको नेपाल इन्भेस्टमेन्ट बैङ्कले ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नाराका साथ बुधबारदेखि एकीकृत कारोबार सुरु गरेको हो ।


काठमाडौँमा बुधबार आयोजित कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट बैङ्कका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैङ्क नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गर्नुभयो । नेपाल इन्भेस्टमेन्ट र मेगा बैङ्कबीच सेयर स्वाप अनुपात १००ः९० रहने गरी मर्जर भएको हो ।


नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपियाँ, कुल सम्पत्ति चार खर्ब ७१ अर्ब रुपियाँ र कुल पुँजी ५८ अर्ब रुपियाँ पुगेको छ । त्यस्तै कुल निक्षेप तीन खर्ब ६० अर्ब र कुल कर्जा तीन खर्ब २९ अर्ब रुपियाँ रहेको सो बैङ्कले जनाएको छ ।


 मर्जरपछि यो बैङ्कको शाखा सञ्जाल २९६, एक्सटेन्सन काउन्टर ५९, एटीएम २७९ र ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी रहेको पनि बैङ्कले जनाएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको अध्यक्षमा साबिक इन्भेस्टमेन्ट बैङ्कका अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहनुभएको छ । नयाँ सञ्चालक समितिमा दुवै बैङ्कका सञ्चालकको प्रतिनिधित्व रहनेछ । 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्